राजनीति

वामदेव र बाबुरामलाई माओवादीकै चुनाव चिन्ह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते १५:०२
वामदेव र बाबुरामलाई माओवादीकै चुनाव चिन्ह (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हमा निर्वाचन लड्न दिने भएको छ ।

माओवादीको आज बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडा चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गर्नुभएको छ । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताउनुभयो। माओवादीको चुनाव चिह्न आफूलाई सहज लागेको गौतमले बताउनुभयो ।

उहाँले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको स्पष्ट पार्नुभयो । यस्तै गौतमले बर्दिया छाडेर प्यूठानबाट उम्मेदवारी दिने इच्छा राख्नुभएको छ ।

निर्वाचन क्षेत्र टुंगो लगाउन थप छलफल गर्ने गौतम नेतृत्वको एकता अभियानले जनाएको छ ।

त्यस्तै, माओवादीले भट्टराई र गौतमका शर्तबारे पार्टी र गठबन्धन भित्र पनि छलफल गरेर टुंगो लगाइने जनाएको छ । माओवादीको स्थायी कमिटीको बैठक भोलि विहान फेरि बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्