Main News

आज देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ साउन ३१ गते ९:०३
आज देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

३१ साउन २०७९ काठमाडौं । आज देशका पहाडी भू–भागमा मौसम बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश भू–भागमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभर मौसम बदली रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *