Main News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दैै

हिमालय टिभी
२०७९ साउन ३१ गते ८:५८
माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दैै

३१ साउन २०७९ काठमाडौं । प्रदेश र सङ्घीय चुनावका लागि रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

बैठकमा के कस्तो रणनीति बनाएर चुनावमा जाने भन्ने बारेमा कुरा भइरहेको नेताहरूले बताएका छन् । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग आगामी चुनावमा सहकार्य गर्ने बारेमा पनि छलफल र निर्णय हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

नेसपासँगै माओवादी केन्द्रकै चुनाव चिन्ह्मा सङ्घ र प्रदेशको निर्वाचनमा जाने मौखिक सहमति भए पनि औपचारिक सहमति भइसकेको छैन ।

स्थायी कमिटी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभामा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *