राजनीति

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उपाध्यक्ष पोखरेलको दाबी(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३० गते १८:५५
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उपाध्यक्ष पोखरेलको दाबी(भिडियो रिपोर्टसहित)

३० साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

अनेरास्ववियूले आज काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो नभएको र अब त्यस्तो गल्ती नहुने बताउनुभयो । उहाँले जित्ने र टिक्नेहरुलाई मात्रै पार्टीले निर्वाचनमा उम्मेदवार बनाउने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्