Main News
स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्नेमा प्रचण्डको जोड(भिडियो रिपोर्टसहित)
२०७९ साउन ३० गते १८:४५

३० साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो ।
उहाँले देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल हुनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उहाँको भनाइ छ ।
प्रतिक्रिया