संसदमा गणपूरक संख्या पुग्न छाडेकामा सभामुखको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

३० साउन २०७९ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसदमा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
संघीय संसद सचिवालयमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयक पास गर्नका लागि सांसदहरुको गणपूरक संख्या नपुग्दा बैठक मंगलवारसम्मका लागि स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताउनु भयो । अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको भन्दै अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनुभयो ।
सभाुमख सापकोटाले सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए-नभएको मूल्यांकन हुन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया