Main News
नागरिकता विधेयक फिर्ता गरिनु स्वागतयोग्यः एमाले
२०७९ साउन ३० गते ७:४६

३० साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गरिनु स्वागतयोग्य भएको जनाएको छ ।
पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने एमालेले बताएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले जनभावनाअनुसार चालेको कदम सही भएको बताउनुभयो ।
नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रवधानलाई निरन्तरता दिन खोजे पनि बहुमतले पेलेको उहाँको आरोप छ ।
प्रतिक्रिया