Main News

सांसदहरु भत्ता पकाएर टाप कसेपछि प्रतिनिधिसभामा पेश हुन सकेन विधेयक (भिडियो रिपोर्टसहित)

२०७९ साउन २९ गते २१:०३
सांसदहरु भत्ता पकाएर टाप कसेपछि प्रतिनिधिसभामा पेश हुन सकेन विधेयक (भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा ५ वटा विधेयक पेश गर्ने कार्यसूची थियो । ५ वटा मध्ये २ वटा विधेयक पास भयो तर ३ वटा विधेयक पास भएन । सांसदहरु हाजिर गरेर टाप कस्दा २ विधेयक निर्णयार्थ पेश हुन सकेन ।

प्रतिनिधि सभाको आइतबारको बैठकबाट बीमा विधेयक २०७५ र सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित भयो ।

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाल मजदुर किसान पार्टीका सांसद सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाउनुभयो ।

सांसद सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि सांसद संख्या गणना भयो । संसदमा हाजिर गर्ने सांसदको संखया १ सय ७९ थियो । गणपुरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६७ जना मात्रै बैठकमा उपस्थित भए । अनि बैठक १५ मिनेटका लागि स्थगित भयो।

संविधानको धारा ९४ मा संघीय संसदको कुनै पनि सदन बैठकमा सम्पूर्ण सदस्यको एक चौथाई सदस्य उपस्थित नभए कुनै पनि प्रस्ताव निर्णयका लागि प्रस्तुत नहुने व्यवस्था छ ।

सभामुखले १५ मिनेट स्थगित गरेर पुनः बैठक शुरु गर्दा पनि गणपूरक संख्या पुगेन । दोस्रो प्रयासमा पनि गणपूरक संख्या नपुगेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भयो ।

संसदमा गणपूरक संख्या नपुग्नु नयाँ कुरा हुनै छाड्यो । यो त नियमित जस्तै हुन थाल्यो । यसअघि पनि असार २२ गते पनि कोरम नपुगेर विधेयक पारित हुन सकेको थिएन । संसदमा अहिले पनि २८ वटा विधेयक अड्किएका छन ।

निर्वाचनको मिति घोषणा भइसकेको छ । प्रतिनिधिसभाको कार्यकाल पनि सकिनै लागेको छ । फास्ट ट्रयाकमा विधेयकहरु पारित गर्ने सरकारको योजना छ तर सत्तारुढकै सांसदहरु बैठकमा बस्दैनन र विधेयकहरु पारित हुने बाटो छेक्छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *