Main News
वैदेशिक रोजगारीबाट फर्केकालाई यस्तो अवसर दिने तयारी (भिडियो रिपोर्टसहित)
२०७९ साउन २९ गते १७:५५
२९ साउन २०७९ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ ।
काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन विषयक परामर्श गोष्ठीमा मन्त्री कुँवरले कार्यक्रम कार्यान्वयनमा नआइ नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभयो ।
उहाँले नकारात्मक टिप्पणीले यो कार्यक्रम पनि अरुण तेस्रो जस्तै हुने शंका व्यक्त गर्नुभयो ।
मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया