Main News

संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकार धर्नामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २९ गते १७:५०
संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकार धर्नामा (भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ जनकपुरधाम । मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्ना शुरु गरेको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि बिहान ११ बजेदेखि १ बजेसम्म धर्नामा बसेका हुन् ।

प्रहरी प्रशासन प्रदेश सरकार मातहत हस्तान्तरण गर्नुपर्ने माग गर्दै प्रदेश सरकारले धर्ना थालेको हो ।

संविधानको अनुच्छेद ६ मा प्रदेश सरकरलाई शान्ति सुरक्षाको जिम्मेवारी दिइएको भए पनि संघीय सरकार संविधान कार्यान्वयनमा गम्भीर नबनेको बताउँदै राउतले प्रहरी समायोजन नभए बाध्य भएर थप संघर्षमा उत्रिने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *