Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ४५५ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ साउन २९ गते १६:२७
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ४५५ जना संक्रमित थपिए

२९ साउन २०७९ काठमाडौं । नेपालमा थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८ सय २९ परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३०८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएसँगै कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८८ पुगेको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ । हाल ६५ जनाको आइसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *