Main News

भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम मबाट हुँदैन : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २९ गते १४:१७
भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम मबाट हुँदैन : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताउनुभएको छ ।

नेपाल युवा परिषद्ले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएकोमा आपत्ति जनाउनुभयो । उहाँले आफूसँग भएको सबै सम्पत्ति डोनेट गर्नेले भ्रष्टाचार गर्छ भन्नु नसुहाउने कुरा भएको बताउनुभयो ।

अध्यक्ष ओलीले स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले तत्कालीन माओवादीको सशस्त्र युद्धका कारण ज्यान जोगाउन र गुजारा चलाउन नेपालीलाई वैदेशिक रोजगारीको भर पर्नुपर्ने बाध्यता आएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *