काठमाडौंका मेयर शाहलाई एमाले सांसद भट्टराईले गरे यस्तो प्रस्ताव(भिडियो रिपोर्टसहित)
२९ साउन २०७९ काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
उहाँले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहलाई फोहर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘यसअघि काठमाडौंको फोहर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् ।’
सांसद भट्टराईले फोहरले काठमाडौं डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको भन्दै यो सरकारले कुनै पहलकदमी गर्न नसकेको र यो सरकारको हुत्ति पनि नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो–काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा (एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा (एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ ।
प्रतिक्रिया