राजनीति

निर्वाचनमा ५० प्रतिशत टिकट ५० वर्षमुनिकालाई दिनुपर्ने बहस (भिडियो रिपोर्टसहित)

२०७९ साउन २८ गते २०:४५
निर्वाचनमा ५० प्रतिशत टिकट ५० वर्षमुनिकालाई दिनुपर्ने बहस (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । नेपालको राजनीतिमा पुस्तान्तन्तरको विषय उठ्न थालेको धेरै भयो । धेरै राजनीतिक दलको महत्वपूर्ण नेतृत्वमा युवा पुग्न पनि सफल भए । अहिले पुनः दलहरुभित्र ५०–५० को आवाज उठ्न थालेको छ । तर, यो विषय त्यति सहज भने देखिँदैन ।

मंसिर ४ गतेका लागि संघ र प्रदेशको निर्वाचन मिति घोषणा भएसँगै सबैजसो राजनीतिक दलमा आकांक्षीहरुको बाढी नै छ । उसो त सत्ता गठबन्धनको कार्यदल सिट बाँडफाँडको मोडालिटी बनाउन व्यस्त रहँदा सत्तारुढ दल नेपाली कांग्रेसभित्र ५०–५० को आवाज उठ्न थालेको छ ।

मंसिर ४ को निर्वाचनमा ५० प्रतिशत सिटमा ५० वर्षमुनिकालाई उमेदवार बनाउनुपर्ने विषयलाई युवाहरुले अभियानकै रुपमा बहसमा ल्याएका छन् । सत्तारुढ दल कांग्रेसभित्र यो बहस शुरु भएको भोलिपल्टै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले युवा संस्था सञ्जाल आयोनले आयोजना गरेको कार्यक्रममा निर्वाचनमा ५०–५० को माग कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो ।

उसो त युवाहरुले आन्दोलनका बेलामा आफूहरु प्रयोग हुने र त्यसपछि पाखा पारिने गरेको गुनासो गर्दै आएका छन् । आफु युवा हुँदा आन्दोलनको नेतृत्व गरेका, सांसद, मन्त्री बनेका र अवसर पाएकाहरु आफूपछिका युवाप्रति भने अनुदार देखिँदै आएका छन् । अब दलहरुभित्र युवालाई भूमिका दिइनुपर्ने र त्यसो नभए दलभित्रै संघर्ष गर्ने तहमा युवाहरु देखिएका छन् ।

सार्वजनिक मञ्चहरुमा भने वृद्ध नेताहरु पनि युवाले भूमिका पाउनुपर्ने कुरालाई नकार्दैनन् ।

मूलधारका भनिने दलहरुको मुख्य नेतृत्व ६० माथिकै नेताहरुले गरिरहेका छन् । युवालाई भूमिका दिँदा दलभित्र स्थापित आफ्नो दबदबा गुम्ने भयले ६० माथिको पुस्ता युवाप्रति अनुदार देखिन्छ । अहिले उठेको ५०र५० को मागमा दलहरु सकारात्मक बन्लान् वा यस्तो अधियान चलाउने युवाप्रति नै थप अनुदार बन्लान् रु त्यो थाहा पाउन भने टिकट बाँडफाँडसम्म कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्