Main News

निर्वाचनमा एमालेको यस्तो रणानीति (भिडियो रिपोर्टसहित)

२०७९ साउन २८ गते २०:४०
निर्वाचनमा एमालेको यस्तो रणानीति (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । सत्ता गठबन्धन दलहरु कार्यदल गठन गरेर सिट बाँडफाँटमा जुटेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि निर्वाचनको तयारीमा लागेको छ । गठबन्धनसँग एक्लै भिड्नुपर्ने अवस्थामा रहेको एमाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सम्मानजनक जितका लागि रणनीतिक तयारीमा जुटेको हो ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा ६ घण्टाभन्दा लामो समय बसेको नेकपा एमालेको सचिवायलय बैठकले सत्ता गठबन्धन नटुट्ने निश्चित भएको निष्कर्ष निकाल्यो। २०७४ को प्रतिनिधिसभा र प्रेदशसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको एमाले यसपटक भने माओवादीलगायतका अन्य वाम दल कांग्रेससँग गठबन्धन गरेर जाने पक्का भएपछि अब एक्लै चुनावी मैदानमा जानुपर्छ भन्ने निश्कर्षमा छ ।

चुनावी तालमेलका लागि कसैलाई आग्रह नगर्ने रणनीति बनाए पनि कसैबाट आग्रह आएको खण्डमा भने ढोका खुल्लै राख्ने एमालेको तयारी छ । त्यसैअनुरुप एमाले २०७४ कै निर्वाचनको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा राखेर घोषणापत्र बनाउन जुटिसकेको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा निर्वाचन परिचालन समितिदेखि घोषणापत्र मस्यौदा समिति बनाएको छ ।

यतिबेला एमालेलाई कतिपय ‘किल्ला’ भनिएकै निर्वाचन क्षेत्र पनि जोगाउन संघर्ष गर्नुपर्ने देखिन्छ । एकातिर पार्टी नै फुटेको अवस्था र अर्कोतिर ५ दलीय गठबन्धन बनेका कारण पनि एमालेलाई यो निर्वाचन अस्तित्वको लडाइँ बन्ने देखिन्छ ।

यही अस्तित्वको संकटका कारण एमाले तालमेल गर्नेमा भन्दा अरु पार्टीका धेरैभन्दा धेरै कार्यकर्ता पार्टीमा भित्र्याउने रणनीति बनाइरहेको देखिन्छ । विगतमा सरकारको नेतृत्व गरिरहँदा अध्यक्ष ओलीबाट भएका संसद विघटनलगायतका विवादास्पद कामका कारण यो रणनीतिसमेत एमालेका लागि थप चुनौतीपूर्ण देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *