Main News

गणितमा नतिजा किन भयो कमजोर ? के भन्छन् शिक्षमन्त्री ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २८ गते १७:३२
गणितमा नतिजा किन भयो कमजोर ? के भन्छन् शिक्षमन्त्री ? (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्दा नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले विभिन्न कारण देखाएर समयमै काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताउनुभयो ।

उहाँले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीको नतिजा कम आएको र धेरै अनुत्तीर्ण भएको सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताउनुभयो ।

अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृत परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कक्षा १२ पछि विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *