Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६३ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ साउन २८ गते १७:०५
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २६३ जना संक्रमित थपिए

२८ साउन २०७९ काठमाडौं । पछिल्लो पटक नेपालमा थप २ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार एक सय ६५ परीक्षणमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । एक हजार ३ सय ९९ पीसीआर परीक्षणमा १ सय ६२ जना र एक हजार ७ सय ६६ एन्टिजेन परीक्षणमा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक ५ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन् । पाँच हजार दुई सय २८ संक्रमित होम आइसोलेसनमा, दुई सय ६ जना संस्थागत आइसोलेसनमा छन ।

६१ जनाको आईसीयू र ४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक दुई जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *