Main News

आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

हिमालय टिभी
२०७९ साउन २७ गते १०:०४
आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

२७ साउन २०७९ काठमाडौं । आज २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ ।

‘साझा विश्व निर्माणमा अन्तरपुस्ता ऐक्यबद्धता’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

परिषद्ले आज काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरि गर्दैछ । आज बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय सभामा विशेष कार्यक्रम आयोजना भइरहेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औँ साधारण सभाले अगष्ट १२ का दिनलार्ई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

तत्पश्चात सन् २००० देखि संसारभर प्रत्येक वर्ष अगस्त महिनाको १२ तारिखका दिन राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेको छ । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *