Main News

सरकार देशप्रति बेइमानी गर्न लागिपरेको छ : भीम रावल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते २१:०४
सरकार देशप्रति बेइमानी गर्न लागिपरेको छ : भीम रावल (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सरकार कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा संविधानविपरीत भएको बताउनुभएको हो । उहाँले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि जिकिर गर्नुभयो ।

नेता रावलले नेपालले सीमानाका नियमन गर्न आवश्यक रहेको बताउनुभयो । कालापानीमा विदेशी फौज आएर बुल्डोजर चलाउँदा समेत सरकार मौन बसेको उहाँको आरोप छ । नेता रावलले परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणमा सीमा विवादबारे छलफल गरेर जनतालाई जानकारी गराउन माग गर्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउभयो । उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको आरोप लगाउनुभयो ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सिमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभयो ।

नेता खतिवडाले सिमानामा काँडेतार लगाउनुभन्दा नेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *