Main News

सरकारले स्वास्थ्य शिक्षालाई निषेध गर्ने गतिविधिलाई बढावा दिएको ओलीको अरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते १८:१७
सरकारले स्वास्थ्य शिक्षालाई निषेध गर्ने गतिविधिलाई बढावा दिएको ओलीको अरोप (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाउनु भएको छ ।

स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । आज काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषि उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजार अभाव भने नेपालमा नभएको दावी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडी बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेशन हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हब बनाउनुपर्ने हो–यो देशलाई । ’

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *