आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
२५ साउन २०७९ काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै भोलि दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी परेसँगै बाढी, पहिरोको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास बस्ने बासिन्दालाई सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
प्रतिक्रिया