Main News

नेपाल र चीनबीच आज परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

हिमालय टिभी
२०७९ साउन २५ गते ८:४६
नेपाल र चीनबीच आज परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

२५ साउन २०७९ काठमाडौं । चीनमा परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासहितको टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुँदैछ ।

चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा‍. खड्काको टोली र चिनियाँ प्रतिनिधिबीच आज दुईपक्षीय छलफल हुन लागेको हो । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाडौं–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल हुने बताइएको छ । त्यस्तै यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानूनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने मन्त्रालयले जनाएको छ ।

यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ । चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा‍. खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ राज्यको छङ्दाओ शहर पुग्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *