Main News

संसदबाट सपथ र तथ्याङ्कसम्बन्धी विधेयक पारित हुँदै

हिमालय टिभी
२०७९ साउन २५ गते ८:२१
संसदबाट सपथ र तथ्याङ्कसम्बन्धी विधेयक पारित हुँदै

२५ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज सपथ सम्बन्धी विधेयक र तथ्याङ्क विधेयक पारित हुँदैछ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट यी दुई विधेयक निर्णयार्थ पेश हुनेछ । विधेयक पारित हुनुअघि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण विधेयक पारित गर्ने प्रस्ताव पेश गर्नुहुने कार्यसुची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *