Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १ हजार ९० जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ साउन २४ गते १७:११
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १ हजार ९० जना संक्रमित थपिए

२४ साउन २०७९ काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमितको संख्‍या एक हजार नाघेको छ भने एकै दिन २ जनाको मृत्‍यु भएको छ ।

६ हजार ३ सय जनाको परीक्षणमा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५० जना र ३ हजार ३ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ३० जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ । पछिल्लो पटक ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय ७४ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका ६ जना र ११ देखि २० वर्ष उमेर समूहका ४० जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *