Main News

अपमानजनक नाममा अब नागरिकता जारी नहुने, जारी भएका नागरिकता सच्याउन सकिने

हिमालय टिभी
२०७९ साउन २३ गते १७:५९
अपमानजनक नाममा अब नागरिकता जारी नहुने, जारी भएका नागरिकता सच्याउन सकिने

२३ साउन २०७९ काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने बताउनु भएकाे हाे ।

नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताउनु भएको छ ।

पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि वक्तव्यमा उल्लेख छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *