Main News
नेपालमा अझै पनि लागानी र सीप उपयोगको वातावरण बन्न सकेको छैन : प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०७९ साउन २३ गते १६:३६
२३ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि लागानी र सीप उपयोगको वातावरण बन्न नसकेको बताउनुभएको छ ।
नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार अबेर टोकियोमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक दल, तिनका कार्यकर्ता र कर्मचारीको व्यवहारले वातावरण हुन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले अब छिटै प्रवासी नेपालीलाई नेपालमा नै लगानी गर्ने वातावरण बनाउने दाबी गर्नुभयो । उहाँले आसन्न निर्वाचनले विकास तथा स्थायित्वको मोडिलाटी तयार पार्ने र त्यसपछि देशमा विकासको लहर आउने विश्वास गर्नुभयो ।
कार्यक्रममा एनआरएन आइसीसीका संरक्षक भवन भट्ट, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तलगायतको सहभागिता थियो ।
प्रतिक्रिया