Main News
राष्ट्रियसभाको बैठक आज बस्दै
२०७९ साउन २३ गते ९:११

२३ साउन २०७९ काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । १२ औँ अधिवेशनको ४५ औँ बैठक आज बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
उहाँले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया