Main News

पार्टीमा परिवारवाद, निजी कम्पनी जस्तो बनाएर चल्लान् त पार्टी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २२ गते २१:१२
पार्टीमा परिवारवाद, निजी कम्पनी जस्तो बनाएर चल्लान् त पार्टी ? (भिडियो रिपोर्टसहित)

२२ साउन २०७९ काठमाडौं । लोकतान्त्रिक दलको विधान बोके पनि राजनीतिक दलका शीर्ष नेताहरु परिवारवादमा चुर्लुम्म डुबेर पार्टीलाई निजी कम्पनीको स्वरुपमा ढालिसकेका छन् । परिवारवादमा फसेका दलले लोकतन्त्रको जति नै दुहाई दिए पनि जनताको नजरबाट ओझेल पर्दै जानेछन । तर यो कुरा बुझेर पनि नेताहरुले बुझ पचाइरहेका छन् ।

राजसंस्थालाई बिदाई गरेर गणतन्त्र ल्याइयो । बाबुपछि छोराले शासन गर्ने प्रणालीको विरोधमा उत्रिएका नागरिक यतिबेला आश्चार्य चकित छन् । कारण परिवारवादविरुद्ध उत्रिएका तिनै नेता अहिले आफ्ना परिवारका सदस्यलाई दलको उच्च पद दिनपछि पर्ने गरेका छैनन् । संविधान र कतिपय मान्यता विपरित पछिल्लो समय विधिको चरम दोहन हुन थालेको छ ।

यीनै उपलब्धि प्राप्तिका लागि नेतृत्व गरेका दल र नेताहरुमा देखिएको चरम सत्तामुखी र परिवारवादी सोचले प्राप्त उपलब्धिहरुको रक्षा अब कसरी गर्ने, जुन व्यवस्थाका लागि लडिएको थियो ती व्यवस्थालाई कसरी संस्थागत गर्ने अनि जुन प्रवृत्तिको अन्त्य गरिएको भनिएको थियो ती प्रवृत्तिका अवशेषहरु बलियो बनेर आएका छन् । एउटा दलमा मात्र होइन, शासन सत्ता वरिपरि रमाउने प्रायः सबै दलमा परिवारवादी सोच जबरजस्त स्थापित भएका छन् । केही उदाहरण हेरौं ।

नेपाली कांग्रेस
सभापति–शेरबहादुर देउवा
पत्नी आरजु देउवा– केन्द्रीय सदस्य
छोरा जयवीरसिंह देउवा– क्रियाशील सदस्य, डडेल्धुरा

कोइराला परिवारको विरासत
पूर्वमहामन्त्री डा. सशांक कोइराला
नेता डा। शेखर कोइराला
नेतृ सुजाता कोइराला

गणेशमान सिंहको विरासत
नेता प्रकाशमान सिंह
पत्नी सृजना सिंह काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार, महाधिवेशन प्रतिनिधि
छोरा प्रभाषमान सिंह, महाधिवेशन प्रतिनिधि

महेन्द्रनारायण निधिको विरासत
नेता विमलेन्द्र निधि

वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल महाधिवेशन प्रतिनिधि, विजय गच्छदारका छोरा सुवास गच्छदार महाधिवेशन प्रतिनिधि

नेकपा माओवादी केन्द्र
अध्यक्ष– पुष्पकमल दाहाल प्रचण्ड
छोरी रेनु दाहाल– केन्द्रीय सदस्य, भरतपुर महानगरपालिकाकी मेयर
छोरी गंगा दाहाल– केन्द्रीय सदस्य
ज्वाईं जीवन आचार्य– केन्द्रीय सदस्य
बुहारी बिना मगर– केन्द्रीय सदस्य
भाइ नारायण दाहाल– केन्द्रीय सदस्य
नातिनी सृष्टि दाहाल– अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य (ज्ञानु दाहालकी छोरी)

केन्द्रीय सदस्य वर्षमान पुन– पुनकी पत्नी ओनसरी घर्ती जनजातिबाट महिला सदस्य
कुलप्रसाद केसी खुलाबाट केन्द्रीय सदस्य बन्दा केसी पत्नी ताराकुमारी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य

हितमान शाक्य खुलाबाट केन्द्रीय सदस्य र शाक्य पत्नी अमृता थापा जनजाति महिलाबाट केन्द्रीय सदस्य

गणेशमान पुन खुलाबाट केन्द्रीय सदस्य, पत्नी कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य

देवेन्द्र पौडेल खुलाबाट केन्द्रीय सदस्य, पौडेल पत्नी बलावती शर्मा खसआर्य महिलाबाट केन्द्रीय सदस्य

कृष्णध्वज खड्का र पत्नी रेखा शर्मा खुला कोटाबाट केन्द्रीय सदस्य

देव गुरुङ र पत्नी यशोदा सुवेदी गुरुङ खुल्ला केन्द्रीय सदस्य

नेकपा एमाले
महासचिव शंकर पोखरेल
पत्नी सुजिता शाक्य– केन्द्रीय सदस्य
बहिनी मेनका पोखरेल– केन्द्रीय सदस्य

सचिव रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादी
अध्यक्ष–माधवकुमार नेपाल
भाइ सरोजकुमार उपाध्याय– केन्द्रीय सदस्य
सम्धि सोमप्रसाद पाण्डेका साढुभाइ गोविन्द बन्दी कानूनमन्त्री
भाइ अनिलकुमार उपाध्याय कृषि विकास बैंकका सीईओ
बहिनी ज्वाईं कैलाश पोखरेल राजदूत

रामकुमार भट्टराई र पत्नी कल्याणी खड्का केन्द्रीय सदस्य

नेपाल समाजवादी पार्टी
अध्यक्ष– बाबुराम भट्टराई
पत्नी हिसिला यमी– उपाध्यक्ष
छोरी मानुषी यमी भट्टराई– केन्द्रीय सदस्य
ज्वाईं जेकेन्द्रकुमार श्रेष्ठ– केन्द्रीय सदस्य

नेकपा एकता राष्ट्रिय अभियान
संयोजक– वामदेव गौतम
पत्नी तुलसा थापा–केन्द्रीय सदस्य
छोरा हरिसदेव गौतम– केन्द्रीय सदस्य

यी बाहेक साना दलहरुमा पनि परिवारवाद झाँगिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई उपमेयरको उम्मेदवार बनाउनुभयो । यस्ता अन्य दलमा पनि आफ्ना परिवारका सदस्यलाई सत्ता र शक्तिको पहुँचमा पुर्‍याउने चलन स्थापित हुँदैछ । परिवार हितमा ध्यान केिन्द्रत गर्ने नेताहरुको सूचिमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि अछुतो हुनुहुन्न ।

परिवारका सदस्यलाई लाभको पद नदिए पनि यति र ओम्नीलगायतका केही अमूक कम्पनी र राजदूतदेखि विभिन्न निकायमा नियुक्त भएका व्यक्तिहरुप्रति देखाएको आशक्तिले ओली आलोचित हुनुभयो । परिवारवाद र आसेपासेसँगै रमाउन खोज्ने नेताहरुले परिवारवादको श्रृंखला अन्त्य गर्ने नारा दिएर ल्याएको गणतन्त्रलाई अर्थहीन बनाइदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *