Main News

एमालेको प्रश्न स् कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २२ गते १६:५७
एमालेको प्रश्न स् कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? (भिडियो रिपोर्टसहित)

२२ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताउनुभयो ।

सांसद ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गर्नुभयो । शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उहाँको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको ज्ञवालीको जिकिर छ ।

सांसद ज्ञवालीले संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *