Main News
संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेस प्रदेश सरकारको चेतावनी (भिडियो रिपोर्टसहित)
२०७९ साउन २२ गते १६:४९
२२ साउन २०७९ जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै संघीय सरकारविरुद्ध शान्तिपुर्ण अहिंशात्मक विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
मधेस प्रदेश सरकारका प्रवक्ता गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको ज्ञापन पत्रमा समायोजित प्रहरीलाई आसन्न निर्वाचन अगावै प्रदेश सरकार समक्ष हस्तान्तरण गर्न सात दिने अल्टिमेटम दिइएको छ ।
नेपालको संविधानले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको र शान्ति सुरक्षासम्बन्धि अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र रहेको स्मरण गराइएको छ ।
पटक पटक आग्रह गर्दा पनि संघीय सरकारले वास्ता नगरेका कारण यस्तो कदम चाल्न बाध्य भएको प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया