Main News
काठमाडौं उपत्यकामा आजदेखि पुनः ‘नो हर्न’ अभियान शुरू (भिडियो रिपोर्टसहित)
२०७९ साउन २२ गते १६:२३

२२ साउन २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि पुनः ‘नो हर्न’ अभियान शुरू भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।
अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले २०७३ साल चैत महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया