Main News

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

हिमालय टिभी
२०७९ साउन २२ गते ७:४६
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

२२ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगबारे छलफल अघि बढाउने तयारी छ। प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणाविरुद्ध महाअभियोग दर्ता भएको थियो । तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन। संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरणको आरोपमा राणामाथि महाभियोग लगाइएको हो ।

यस्तै इमान्दारिपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाइएको छ । फागुन २२ मा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *