Main News

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु हुँदै

हिमालय टिभी
२०७९ साउन २२ गते ७:४२
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु हुँदै

२२ साउन २०७९ काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ।

सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको हो। दल दर्ताका लागि साउन ३१ गतेसम्मको समय तोकिएको छ । राजनीतिक दलहरु आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटक दर्ताका लागि आह्वान गरिन्छ ।

आयोगले दर्ताका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितिका पदाधिकारीको विवरण र संख्या तथा वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *