जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएपछि नयाँ पार्टी गठन गरेँ : भट्टराई
२१ साउन २०७९ काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएपछि नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा भट्टराईले जसपाको मूल नेतृत्वमा जातिगत र क्षेत्रगत संकीर्णतालाई सुधार्ने प्रयास असफल भएपछि छुट्टै पार्टी गठन गर्नुपरेको बताउनुभयो । उहाँले आफूहरुले पार्टीको रुपान्तरणका लागि अन्तिमसम्म प्रयास गरे पनि सफल नभएको बताउनुभयो ।
नेता भट्टराईले आगामी निर्वाचनमा सहभागिता र गठबन्धन गर्ने बारेमा पार्टीले निर्णय लिने बताउनुभयो ।
पार्टीको पहिलो बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी छलफल चलिरहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया