राजनीति

उपेन्द्र यादवविरुद्ध सिके राउतद्वारा उम्मेदवारी घोषणा

हिमालय टिभी
२०७९ साउन २० गते १२:५४
उपेन्द्र यादवविरुद्ध सिके राउतद्वारा उम्मेदवारी घोषणा

२० साउन २०७९ काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी घोषणा गर्नुभएको छ ।

राउतले अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने घोषणा गर्नुभएको हो । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।

डा. राउतले आज जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उठाउनेबारे छलफल भएको बताउनुभयो । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी (लोसपा) ले र एक एक पालिकामा जसपा र कांग्रेसले प्रमुख जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्