आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना
![आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना](https://www.himalayatv.com/wp-content/uploads/2022/05/barsha.jpg)
२० साउन २०७९ काठमाडौं । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिजो अस्तिको भन्दा कम पानी पर्नेछ । तर सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया