Main News

आजदेखि मतदाता नामावली सङ्कलन नहुने

हिमालय टिभी
२०७९ साउन २० गते ८:५९
आजदेखि मतदाता नामावली सङ्कलन नहुने

२० साउन २०७९ काठमाडौं । आजदेखि मतदाता नामावली सङ्कलन नहुने निर्वाचन आयोगले जनाएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले सङ्घ र प्रदेशको निर्वाचन आउँदो मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले आजदेखि नामावली सङ्कलनको काम रोकेको हो । तर अनलाइन आवेदन दिएकाहरूले भोलिसम्म औठा छाप र फोटो भने खिचाउन पाउने आयोगले प्रष्ट पारेको छ ।

आयोगले असार १ गतेदेखि प्रदेश र सङ्घको निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गरिरहेको थियो । अब असोजमा उम्मेदवारी दर्ताको लागि मिति तोक्ने तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको मिति कम्तिमा १ सय २० दिन अगाडी घोषणा हुनुपर्नेमा १ सय ७ दिन मात्रै बाँकी भए पनि निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेको बताउनुभयो । आयोगले मृतक मतदाताको नाम पनि मतदाता सूूचीबाट हटाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *