Main News

स्रोत नखुलेको ४९ लाखसहित पक्राउ

२०७९ साउन २० गते ७:२८
स्रोत नखुलेको ४९ लाखसहित पक्राउ

२० साउन २०७९ काठमाडौं । स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले बिहीबार एक सूचना जारी गरी जनाएको छ ।

उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) रु ३२ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको भन्ने खुल्न आएपछि बुधबार राति कोठाबाट थप रु १७ लाख ५० हजार फेला परेको जनाइएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.