Main News

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

हिमालय टिभी
२०७९ साउन १९ गते ९:१५
आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

१९ साउन २०७९ काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गर्ने तयारी भएको छ ।

आजको बैठकको ठोस एजेण्डा नभए पनि चुनावको मिति भने घोषणा हुन सक्ने सम्भावना रहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो ।

यसअघि निर्वाचन आयोगले आउँदो मङ्सिरको २ गतेभित्रै चुनाव गर्ने गरी मिति घोषणा गर्न सिफारिस गरेको थियो । सत्ता गठबन्धनका दलहरू आउँदो मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *