Main News
मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्न सत्ता गठबन्धन सहमत
२०७९ साउन १८ गते १८:१७
१८ साउन २०७९ काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मै गर्न सत्तारुढ गठबन्धनका शीर्षनेताहरु सहमत बनेका छन् ।
गठबन्धनले मंसिर ४ का लागि मिति तोक्न सरकारलाई सिफारिस गरेको छ । भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए ।
निर्वाचन आयोगले मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरको मिति घोषणा गर्ने मनस्थितिमा हुनुहुन्थ्यो ।
सत्तारुढ पाँचदलीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । निर्वाचन आयोगले पनि १ सय २० दिन अगावै मिति घोषणा गर्न दबाब दिंदै आएको थियो ।
प्रतिक्रिया