खेलकूद

प्रशिक्षक नहुँदा प्रशिक्षण गर्नबाट बञ्चित नेपाली क्रिकेट टोली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १८ गते १८:१२
प्रशिक्षक नहुँदा प्रशिक्षण गर्नबाट बञ्चित नेपाली क्रिकेट टोली (भिडियो रिपोर्टसहित)

१८ साउन २०७९ काठमाडौं । प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । तत्कालै ठूलो प्रतियोगिता नभए पनि प्रशिक्षक नहुँदा टोलीले प्रशिक्षण गर्न पाएको छैन । प्रशिक्षक नियुक्त गर्न नसकेको भन्दै आलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले भने प्रशिक्षकको खोजी शुरु गरेको छ ।

राष्ट्रिय टोलीमा गुट उपगुट मात्र छैन, नेपाल क्रिकेट संघ (क्यान)मा पनि विवाद छ । क्यानको विवाद र टोलीबाट राम्रो नतिजा दिलाउन नसकेपछि दासानायकेले राजीनामा दिनुभएको थियो ।

पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्‍याएका प्रशिक्षक पुबुदुबाट धेरै अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेको थियो । तर पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो । टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जसबाट निराश भएर फर्किएका पुबुदुको स्थानमा क्यानले उपयुक्त र योग्य नेतृत्वकर्ता खोजिरहेको छ ।

पछिल्लो प्रदर्शनका कारण नेपालको एक दिवसीय मान्यतासमेत धरापमा पर्ने आशंका छ । राजनीति र विवादले गाँजेको नेपाली क्रिकेटलाई सम्हाल्ने क्षमता भएको प्रशिक्षक क्यानले खोजेको छ । त्यतिमात्र होइन, खेलाडी र समर्थकको मनोभाव बुझ्ने प्रशिक्षक आवस्यकलाई नियुक्त गर्नुपर्ने सुझाव पूर्व कप्तान पवन अग्रवालको सुझाव छ ।

नेपालको बलिङ सँधै राम्रो ब्याटिङमा भने ब्यापक सुधार आवस्यक छ । ब्याटिङ राम्रो नहुँदा हातमा आइसकेको खेल समेत नेपालले विपक्षीलाई सुम्पिएका धेरै खेल छन् । अबको अवस्थामा नेपाली क्रिकेटलाई राम्रो ब्याटिङ प्रशिक्षकको खाँचो छ । टिममा रहेको गुटउपगुटलाई अन्त्य गर्ने र प्रदर्शनका आधारमा खेलाडी छनोट गर्ने प्रशिक्षक आवस्यक छ । त्यसलाई नियामक निकाय क्यानले समेत सहयोग गर्नुपर्ने हुन्छ ।

यसमा क्यानले पनि प्रशिक्षकको काममा हस्तक्षेप नगर्ने र प्रशिक्षणका लागि आवस्यक श्रोत जुटाइदिन सकेमा नेपालले स्थाई प्रशिक्षक त पाउने छ नै त्यसमाथि टिमको प्रदर्शनको स्तर समेत बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्