Main News

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेस सरकारको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १८ गते १४:२२
संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेस सरकारको चेतावनी (भिडियो रिपोर्टसहित)

१८ साउन २०७९ जनकपुरधाम । मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारका विपक्षमा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री साहले प्रदेश प्रमुख मार्फत नेपाल सरकारलाई सातदिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने र माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो । मधेस प्रदेशले प्रहरी समायोजनको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

संघीय गृहमन्त्रालय समायोजनका लागि तयार रहँदा पनि प्रधानमन्त्रीले चुनाव पछि मात्र समायोजन गर्ने भन्दै दिएको प्रतिक्रियाप्रति प्रदेश सरकार असन्तुष्ट बनेको छ ।

मन्त्री साहले प्रदेश प्रहरी समायोजन गरी प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानु पर्ने बताउनुभयो । माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका साह मात्र हैन मुख्यमन्त्री, मन्त्री र सांसद यो विषयमा सहमत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *