Main News

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७९ साउन १८ गते १३:४८
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

१८ साउन २०७९ जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख.३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।

मृतक दिलीपको शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *