Main News

नेपाल एक चीन नीतिमा दृढतापूर्वक उभिने चीनको विश्वास

हिमालय टिभी
२०७९ साउन १८ गते १३:२३
नेपाल एक चीन नीतिमा दृढतापूर्वक उभिने चीनको विश्वास

१८ साउन २०७९ काठमाडौं । चीनले नेपाल एक चीन नीतिमा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे आज बिहान प्रतिक्रिया जनाउँदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन एक नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।

एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उहाँले उच्च प्रशंसा गर्नुभयो । चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको राजदूत यान्छीको भनाइ छ ।

राजदूत यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

अमेरिकी सरकारको तेस्रो वरियतामा रहेकी न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अहिले अमेरिका र चीनबीचमा तनाव थप चर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *