शुक्रबारसम्म भारी वर्षाको सम्भावना

१८ साउन २०७९ काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भू–भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही मुलुकका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रतिक्रिया