Main News

सप्तकोशी नदी उदयपुरको बेलका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ बस्तीमा पस्यो

हिमालय टिभी
२०७९ साउन १८ गते ८:५३
सप्तकोशी नदी उदयपुरको बेलका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ बस्तीमा पस्यो

१८ साउन २०७९ उदयपुर । सप्तकोशी नदी आज बिहानबाट उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ ।

पूर्वी पहाडमा लगातारको वर्षातसँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोशी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताएका छन् ।

कोशी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् । नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिरहेको नगर प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसङ्ख्या विस्थापनको उच्च जोखिमा छन् । अहिले करिब २० मिटर कटान गरेर कोशीको भङ्गालो पश्चिम पसेको छ । कटान जारी रहेकाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको स्थानीयले बताएका छन् ।

अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी जिल्ला सप्तरीको सप्तकोशी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्नसक्ने बताइएको छ । जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको नगरप्रमूख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *