Main News

नाग पञ्चमीः नागको तस्वीर छाप्ने र घरमा टाँस्ने विधि र परम्परा यसरी फेरियो (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते १७:५५
नाग पञ्चमीः नागको तस्वीर छाप्ने र घरमा टाँस्ने विधि र परम्परा यसरी फेरियो (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । आज श्रावण शुक्ल पक्षको पञ्चमी, अर्थात् नाग पञ्चमी । आज नागको पूजा गर्नुका साथै घर–घरमा नागको तस्वीर टाँस्ने परम्परा छ । यसरी नागको तस्वीर टाँस्दा दुःख, डर कम हुनुका साथै प्राकृतिक प्रकोपबाट बच्न सकिने शास्त्रीय मान्यता छ ।

महाभारतसँग जोडिएको नागपञ्चमीमा विशेषत नागको पूजाअर्चना गरिनुका साथै घरको मूल ढोका र मूल खाँबोमा नागको तस्वीर टाँस्ने परम्परा छ । घरमा नागको तस्वीर वा आकृति टाँस्दा सर्प र विक्षीले दुःख नदिने साथै विभिन्न प्राकृतिक प्रकोपबाट पनि बच्न सकिने शास्त्रीय मान्यता छ । अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रृतराष्ट्र, शंकपला, कालिया, तक्शका र पिंगला गरी १२ वटा नागको पूजा गर्ने गरिएको छ ।

नागको पूजा गर्दा दुध, मिठाइ, फूल तथा धान भुटेर तयार भएको लावा आवश्यक पर्छ । नागको शास्त्रीय मात्रै नभएर वैज्ञानिक महत्व पनि छ । पर्यावरण सन्तुलनमा पनि नागको महत्वपूर्ण भूमिका छ ।

पछिल्लो समय नाग पञ्चमीको विधि र परम्परा पनि फेरिएको छ । केही दशक पहिलासम्म हातले नै नागको आकृति बनाउने चलन थियो । अहिले त्यो परम्परा फेरिएर छापाखानामा नागको तस्वीर छपाइ गर्ने चलन बढेको छ । यसलाई कसैले समयसापेक्ष भएको प्रतिक्रिया दिन्छन् भने केही पहिलेको परम्परा नै राम्रो भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *