Main News

आज पनि वर्षाको सम्भावना, चितवन र नवलपरासी क्षेत्रमा सावधानी अपनाउन सुझाव

हिमालय टिभी
२०७९ साउन १७ गते ९:११
आज पनि वर्षाको सम्भावना, चितवन र नवलपरासी क्षेत्रमा सावधानी अपनाउन सुझाव

१७ साउन २०७९ काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेका कारण आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलिदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ । बिहान ६ बजे महाशाखाले निकालेको सूचना अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशम्लव ३ मिटर नजिक पुगेको छ र यो बढ्दो क्रममा छ ।

त्यसकारण चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *