राजनीति

पक्राउ पुर्जीप्रति विप्लवको प्रतिक्रियाः सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी

हिमालय टिभी
२०७९ साउन १६ गते १६:४१
पक्राउ पुर्जीप्रति विप्लवको प्रतिक्रियाः सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी

१६ साउन २०७९ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति पालना नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले महासचिव चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेकपाले विज्ञप्ती निकालेर आफूसँग भएको तीन बुँदे सहमतिको सरकारलाई स्मरण गराएको हो ।

प्रवक्ता विश्वकर्माले निकालेको विज्ञप्तीमा तीन बुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त नरोकिए यसबाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने उल्लेख छ ।

पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।

नेकपाले थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको पनि जनाएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्