Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ८९५ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ साउन १६ गते १६:३४
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ८९५ जना संक्रमित थपिए

१६ साउन २०७९ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो ।

तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसन एक सय ४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की रहेको छ । सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ७२ र ललितपुर पाँचा सय ४३ र भक्तपुरमा ३० सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्